बाल विकास शिक्षक समितिको अध्यक्षमा थापामगर बाल विकास शिक्षकको सेवा सुविधा बृद्धिका लागि तीनै सरकारमा डेलिगेशन दिईने

कञ्चनपुर,
सामुदायिक विद्यालयका कार्यरत बाल विकासका शिक्षकको साझा संगठन नेपाल बाल विकास शिक्षक केन्द्रीय समितिको पाचौँ महाधिवेशन सम्पन्न भएको छ । नेपाल बाल विकास शिक्षक समितिको हालै काठमाण्डौँमा महाधिवेशन सम्पन्न भएको हो ।

महाधिवेशनबाट नेपाल बाल शिक्षक संगठन केन्द्रीय समितिको नयाँ नेतृत्व चयन गरिएको छ । कृष्णा कुमारी थापा(मगर)कोअध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।

बरिष्ठ सहअध्यक्ष अम्बिका सुवेदी, सहअध्यक्ष गिता बटाला, बरिष्ठ उपाध्यक्ष अम्बिका गौतम, उपाध्यक्ष धन ब. विक, कमला श्रेष्ठ, गंगा सुनार, सोभा अर्याल, हिरा विश्वकर्मा, बुद्ध बहादुर बुढा, लक्ष्मी भट्ट, महासचिव निर्मला गिरी, उपमहासचिव चित्रा भट्टराई, कोषाध्यक्ष रमा पन्त, सचिव जमिला खातुन, भानु भट्टराई, सदस्य ईश्वरा खडका, दिपा लुईटेल, सावित्री राई, ईन्द्रीरा भट्टराई, खेम कुमारी ढुङ्गेल, मञ्जु पुरी रहेका छन ।

कार्यक्रममा प्रमुख अतिथि निर्वतमान शिक्षा मन्त्री तथा प्रतिनिधी सभा सदस्य देवेन्द्र पौडेलले बाल विकासका शिक्षकको सेवा सुविधा बृद्धि गरिने बताए । आफु शिक्षामन्त्री हुँदा पनि पारिश्रमिक बृद्धि गरेको र थप पाटीका तर्फबाट गरिने बताए ।

महाधिवेशनमा देशैभरीका बाल विकासका शिक्षिकाले सरकारले श्रम शोषण गरेको गुनासो पोखेका छन । अन्र्तराष्ट्रिय श्रम संगठनले तोके भन्दा न्यून ज्याला दिएर काममा लगाएको गुनासो पोख्दै प्राथमिक शिक्षक सरह सेवा सुविधा दिन माग अघि सारेका छन ।

नेपाल बाल विकास शिक्षक केन्द्रीय समितिका पदाधिकारीले देशैभरी रहेका बाल विकास शिक्षकको हकहितका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन । देश निर्माणका लागि भविष्यको आधार तयार गर्ने बाल विकासका शिक्षकको भूमिका महत्वपूर्ण भएपनि राज्यले बुझ्न नसकेको उनीहरुको दुखेसो थियो ।

नेपाल बाल विकास शिक्षक केन्द्रीय समितिका कोषाध्यक्ष रमा पन्तले देशैभरीका सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षकको सेवा सुविधाका लागि पहल गरिने बताईन । कोषाध्यक्ष पन्तले आगामी बर्ष २०८०/०८१को बजेट नीति तथा कार्यक्रममा समेट्ने गरी पालिका, प्रदेश र संघीय सरकारलाई डेलिगेशन दिईने बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित