प्रधानमन्त्री प्रचण्ड पुर्व माओवादी नेता एव एमाले सचिव लेखराज भट्टको निवासमा

80
VIEWS

कञ्चनपुर,
प्रधानमन्त्री एव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) पुर्व माओवादी नेता लेखराज भट्ट(राकेश)को निवासमा पुगेका छन ।

आइतबार सुप विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका लागि प्रधानमन्त्री प्रचण्ड कञ्चनपुर आउने क्रममा कैलालीको अत्तरिया स्थ्ति लेखराज भट्टको घरमा पुगेका हुन ।

धनगढी एयरपोटबाट प्रधानमन्त्री लेखराज भट्टको निवासमा पुग्दा पुर्वमन्त्री समेत रहेका लेखराज भट्ट, उनका भाई गोकर्ण भट्ट, धर्मपन्ती सहितले स्वागत गरेका थिए । विगतका बर्षहरु झै यस पटक प्रचण्ड र लेखराज विच भएको भेटघाटले राजनीतिक वृतमा अर्थ राखेको छ ।

शुरुवातमा आँगनमा स्वागत पछि प्रचण्ड र लेखराजविच वान टु वान वार्ता भएको छ । वार्ता के विषयमा भएको बारे आधिकारिक बाहिर आएको छैन ।

जनयुद्धकालमा सुदूरपश्चिमकै कमाण्डर भएर काम गरेका लेखराज नेकपा एमाले र माओवादी एकीकरण हुँदा ओलीतिरै लागेका थिए । त्यसयता प्रधानमन्त्री एव माओवादी अध्यक्ष प्रचण्ड र लेखराज विच भेट भएको थिए ।

एमाले केन्द्रीय सचिवको जिम्मेबारीमा रहेका नेता लेखराज भट्टले पुर्ववत सहकर्मी प्रचण्डलाई आफ्नै निवासमा स्वागत गरेको यो राजनीतिक परिघटनाले महत्व राखेको एमाले–माओवादी नेताहरुले बताएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार