युवालाई स्वदेशमै श्रम गर्न मन्त्री शाहीको अनुरोध

12
VIEWS

धनगढी :

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले युवाहरुलाई स्वदेशमै श्रम गरेर राष्ट्र निर्माणमा जुट्न अनुरोध गरेका छन् ।

बुधबार राष्ट्रिय तथ्यांक कार्यालय र तथ्यांक कार्यालय कञ्चनपुरले धनगढीमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को सुदूरपश्चिम प्रदेशस्तरिय नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै अहिले बिदेशमा श्रम गर्न सक्ने जनसंख्याको आकार ठुलो रहेकाले त्यो शक्ति स्वदेशमै प्रयोग गर्न सके राष्ट्रलाई समृद्ध गराउन सम्भव रहेको जनाएका छन ।‘जनसंख्याको आकार हेर्दा सक्रिय जनसंख्याको आकार ठुलो छ ।

 

यो सक्रिय युवाहरुलाई स्वदेशमै बसाएर आम्दानीमा जुटाउन सके देशलाई समृद्धतर्फ लैजान सकिन्छ । उनले भने –‘६६प्रतिशत जनसंख्या काम गर्न सक्ने सक्षम ‘जनसंख्यासु छ । यो संख्या स्वदेशभन्दा खाडी मुलुकमा हलिया बनेर श्रम गर्दै छन् । सक्रिय शक्ति खाडी मुलुकमा बगाएर देशको विकास हुँदैन् ।’

मन्त्री शाहीले जन्मदर उच्च हुनु र मृत्युदर न्युन हुनु भनेको देश विकासोन्मुखतर्फ गइरहेको संकेत गरिरहेको बताए का छन । उनले भने –‘मृत्यु र जन्मदर उच्च हुनु भनेको देश गरिवीको रेखामुनि रहेको देखिन्छ । जन्म दर उच्च र मृत्युदर न्युन हुनु भनेको देश विकासोन्मुखतर्फ गइरहेको हुन्छ भने मृत्यु र जन्म दर न्युन रहन्छ भने देश विकासतर्फ गइरहेको संकेत गर्छ ।

 

अहिले हामी विकासोन्मुखतर्फ गइरहेका छौं । यो समयमा देशमै सक्रिय जनसंख्याको आकारले श्रम नगरे पुनः गरिवीतर्फ धकेलिने सम्भावना बढ्ने उनको भनार्इृ रहेको छ ।मन्त्री शाहले तथ्यांकले देश र प्रदेशको अवस्था, सरकारले लिनुपर्ने नीति, योजना देखाउने बताउँदै –‘तथ्यांकतर्फ सबैले चासो राख्नुपर्छ । कमजोर अवस्थालाई कसरी सुधार गर्ने भन्ने पनि सोच्नुपर्छ ।’

प्रदेश योजना आयोगका उपाध्यक्ष मोहनदेव विष्टले तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकका आधारमा प्रदेश सरकारलाई योजना निर्माणमा सहज हुने बताए । उनले कार्यालयले सुदूरपश्चिम प्रदेशकै भुगोलमा पर्ने एक क्षेत्रको तथ्यांक नसमेटिएको प्रति असन्तुष्टि व्यक्त गरे । उनले भने –‘कार्यालयले चुचे नक्साको तथ्यांकमा समेटेको छैन् । त्यहाँ कुनै गणक पनि गएनन् । हाम्रै भुगोल हुँदा समेत सरकारी दस्तावेजमा यी कुरा नसमेटिनु दुखद हो ।’ उनले सरकारबाट बन्ने हरेक दस्तावेजमा इतिहास र आफनो भुगोलबारे ध्यान दिन जरुरी रहेको बताए ।

प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशको जनसंख्या र घरधुरी सर्वेक्षण २०७८ को प्रतिवेदन तथ्यांक कार्यालयका अधिकृत दिनानाथ लम्सालले प्रस्तुतिकरण गरेका थिए ।

कार्यालयका निर्देशक केशवबहादुर गौतमले स्वागत गरेको कार्यक्रममा मन्त्रालयका सचिव, विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।टट

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार