रिस जीवनको सबैभन्दा ठुलो शत्रु हो । यसले कसैलाई पनि फाइदा गर्दैन । सबैभन्दा बढी बेफाइदा त उसैलाई हुन्छ, जो रिसाएको छ वा रिसाउने गरेको छ । यसको अर्थ यो होइन कि रिसाउनै हुन्न । जन्मजात स्वभाव भएकाले रिस सबैलाई उठ्छ तर त्यसलाई प्रयोग गर्न भने जान्नुपर्छ ।
रिस उठ्नासाथ दायाँ बायाँ नहेरी प्रयोग गर्न थाल्ने हो भने सोच्दै नसोचेको नोक्सानी हुन सक्छ । होइन एक छिन रोकिएर, त्यसबारे विचार गर्नतिर लाग्ने हो भने रिस पनि मर्छ र त्यसबाट हुने नोक्सानीबाट बच्न पनि सकिन्छ । यहाँ यससम्बन्धी दुईवटा उदाहरण प्रस्तुत गरिएको छ । एक जना किसानले अन्न तथा फलफूल बेचेर आएको नोटको बिटालाई कपडामा बेरेर घरकै एउटा दराजमा राखेका थिए, जुन उनकै एउटा सानो बालक छोरोले देखेको थियो ।
पैसा राखेर किसान कुनै कामतिर लागे तर बालकको मन न हो, किन थामिन्थ्यो र ! बाबु बाहिर जानासाथ उसले दराजबाट पोको निकालेर हे¥यो । उसले यस अघि नोट देखेको थिएन । त्यसैले, उसले त्यसलाई रङ्गीन कागत भन्ठान्यो र बालसुलभ चञ्चलताका कारण एक एक गरी अगेनाको आगोमा हाल्न थाल्यो ।
किनकि उसले यस अघि पनि यसै गरी सादा कागत पोल्ने गरेको थियो । घरका पुराना कापी तथा अखबारहरू पोल्थ्यो र त्यसमा देखिने किरमिर अक्षर देखेर दङ्ग पर्ने गर्थ्यो तर यस्तो रङ्गीन कागत भने पोलेको थिएन । त्यसैले, सादा कागत पोल्दा कालो देखिन्छ भने रङ्गीन कागत पोल्दा कस्तो देखिएला भन्ने ठानेर पोलेको थियो ।
उसले एक एक गरी नोटलाई आगोमा हाल्दै गयो र त्यसभित्रको चित्रलाई हेर्दै पनि गयो । ऊ रङ्गीन कागत पोल्दा पनि अक्षर तथा चित्रहरू कालो नै देखिएपछि दङ्ग पथ्र्यो र के आश्चर्य हो भन्दै बाँकी नोट पोल्ने गर्थ्यो ।
जब अन्तिम नोट पोल्न लागेको थियो बाबु आइ पुगे । छोराको हर्कत देखेर उनले रिस थाम्न सकेनन् र वर्ष दिनसम्म दुःख गरेर कमाएको पैसा एकै छिनमा खरानी पारिस् होइन, भन्दै छोरालाई पनि सोही आगोमा हालिदिए ।
त्यस्तै, अर्को उदाहरण हेरौँ । एक जना सज्जनले टेबुलमा एउटा बहुल्यमूल्य दस्ताबेजको पाण्डुलिपि राखेका थिए । उनको घरमा सानो कुकुर थियो, जो हमेशा पृुच्छर हल्लाउँदै यताउता गरी खेल्ने गर्थ्यो ।
यत्तिकैमा एक दिन खेल्दै जाँदा कुकुरले टेबुलमाथि बलिरहेको बत्ती ढलायो, जसले गर्दा एकैछिनमा टेबुलमाथि रहेको अन्य सामानको साथमा पाण्डुलिपिसमेत जलेर खरानी बन्यो । त्यस्तो देख्दा रिस त उसको मालिकलाई पनि उठेको थियो तर उनले भने तत्काल कुकुरलाई दण्डित गरेनन् ।
उल्टै किन यस्तो भयो भन्नेतर्फ सोच्न लागे, जसले गर्दा उनलाई आफ्नै असावधानीले यस्तो भएको हो भन्ने बोध भयो । अनि बाबु ! तैँले आज मेरो कति बढी नोक्सानी गरिस् थाहा छ ? भन्दै टेबुल सफा गर्नतिर लागे ।
यहाँ नोक्सानी पनि दुवैको भएको थियो र रिस दुवैलाई उठेको थियो तर अघिल्लो पात्र आफैँ रिसको खेलौना बन्न पुगे । नोटको बिटा जलेर नोक्सान त भएकै थियो तर एकै छिन पनि रिस थाम्न नसकेकाले एउटै भएको छोरालाई पनि गुमाउन पुगे ।
दोस्रो पात्रले एकै छिन धैर्य गर्दा रिसलाई रूपान्तर गर्ने अवसर पाए र सामान्य गालीमा परिवर्तन गरी थप क्षति हुनबाट बचे ।
यहाँ पछिल्लो पात्रले नहुनुपर्ने नोक्सानी भइसक्यो अब यस अबोध कुकुरलाई कुटेर फिर्ता हुने होइन भन्ने सोचेकाले उनलाई थप नोक्सानी बेहोर्नु परेन तर अघिल्लो पात्रको नोट त जल्यो नै । रिसले अन्धो हुन पुग्दा आफ्नै मुटुको टुक्रा पनि गुमाउनुप¥यो, कानूनी झमेला पनि ब्योहोर्नुप¥यो ।
त्यसैले, रिस उठ्यो भनेर चिन्ता गर्नु पर्दैन । रिस हो उठ्छ, उठ्न सक्छ तर त्यसलाई प्रयोग गर्ने मामिलामा भने होसियार हुनैपर्छ ।
प्रायः हाम्रो बानी के छ भने रिस उठ्ने बित्तिकै गाली गर्ने तर गालीले के गर्छ थाहा छ ? यही कि गालीले गालीलाई नै बढाउँछ । त्यसैले, कसैले गाली ग¥यो भने त्यसको सटिक जबाफ के हो भने चुप रहनु । अन्यथा त्यही गाली बढ्दै गएर पहिले भनाभन हुन्छ पछि हानाहान । अन्ततः दुवैलाई हानी गर्छ ।
क्रोधको आगोमा गालीको आहुती पर्ने बित्तिकै मामला सङ्गीन हुन पुग्छ । गाली भनेको विषको बोट हो । उसले कुरा बिगारेर कुन सड्को विषाक्त बनाइसकेको हुन्छ, कसैलाई पनि थाहा हुँदैन । रिसबाट गालीगलौज, गालीगलौजबाट मारकाट तथा रक्तपात । यी सबै एउटै चीजको भिन्न भिन्न पाटा हुन् ।
Discussion about this post