बेलडाँडी-बेलडाँडी गाउँपालिका वडा नं.२ बस्ने होनहार युवा कम्प्युटर इन्जिनियर पारस जोशीले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
हिजो सनिवार बेलुका स्वतन्त्र पार्टी कञ्चनपुरका जनक धामी, तेज सिंह धामी, प्रकाश धामी लगायता नेताकार्यकर्ताहरुले इन्जिनियर जोशीलाई पार्टीको लोगो ब्याज लगाई पार्टी प्रवेश गराएको युवा नेता इन्जिनियर केशव जोशीले जानकारी गराउनु भयो । उहाँका अनुसार “देश अराजनैतिक गतिविधिमा रुमलिएकाले देशलाई सहिगतिमा लैजानका लागि यस्ता प्राविधिकहरुको समेत पार्टी प्रवेशको लहर चलिरहेको बताए ।”
रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले देशलाई सहि मार्गदर्शन दिन सक्ने भएकाले यो पार्टी सबैका आँखाको नानी बन्न लागेको जनाए । उनले भने यो देशलाई फोहोरी राजनितिको दलदल बाट निकास दिन सबै देशप्रेमी युवाहरु एक ठाउँमा हुन आवश्यक रहेको बताए । राजनितिमा आफु र आफ्नालाई मात्र अवसर दिने प्रबृत्ति रहेकाले यसलाई च्यात्न स्वतन्त्र पार्टीको उदय भएको हो ।
पार्टी प्रवेश गर्ने इन्जिनियर जोशीले भने “जनता समाज र देशको लागि आफुले यस पार्टीमा प्रवेश गरेको बताउदै पार्टी र देशलाई सक्दो योगदान दिने उद्घोष गरेका छन् ।”





















Discussion about this post