नेकपा एमाले बेलडाँडीले भोलि बेथितिका बारेमा पत्रकार सम्मेलन गर्दै

बेलडाँडी-नेकपा एमाले बेलडाँडीले भोलि शुक्रवार बेथितिका बारे पत्रकार सम्मेलन गर्ने भएको छ । बेलडाँडी एमालेले स्थानीय सरकारले गरेका काम कार्वाहीको बिषयमा समिक्षात्मक रुपले आलोचना गर्दै स्थानीय सरकारले गरेका गतल कार्यको पत्रकार सम्मेलन गरि भण्डाफोर गर्ने कार्य तय गरेको छ ।

स्थानीय सरकारले एक बर्षमा जनताको पक्षमा खासै काम गर्न नसकेको बताउदै साना तिना कार्यमै सरकार अल्झिएको आरोप लगाएको छ । यो सरकारले जनताका आँखामा छारो हाल्ने काम गरेको भन्दै एमालेले २२ बुँदे मागेको सूचना टालटुल गर्दै चित्त बुझ्दो जबाफ नआएको जनाएको छ ।

 

एमाले बेलडाँडी नेता तथा निर्वतमान वडा नं.२ का वडाध्यक्ष प्रेमराज खातीका अनुसार यो सरकारका जनमुखी नबन्न सकेको आरोप लगाउनु भयो । सरकारमा गएका प्रतिनिधीहरुले बेथिति माथि बेथिति मच्चाइ रहेको प्रति एमालेको गम्भीर ध्यानाक्रर्षण भएको बताउदै गलतका विरुद्धमा एमाले शुन्य सहनशिलताका साथ अघि बढ्ने उहाँले बताउनु भयो । बेलडाँडी समृद्धिका लागि एमालेले रचनात्मक सहयोग गर्दै आएको जानकारी गराउदै गलतको पक्षपोषण गर्नेका विरुद्ध डटेर आवाज उठाउने बताउनु भयो ।

 

एमाले सरकारले आफ्नो सरकार छदा विभिन्न खायो भन्ने आरोप लागेको बिषयमा एमालेले भन्यो प्रमाणित गुर्नस् हामी जो सुकै होस अझै कार्वाही गर्न तयार रहेको बताएको छ । आफु गतल गर्दै जाने अनि एमाले सरकारमा छदा यस्तो गर्यो उस्तो गर्यो भन्ने आरोपलाई प्रमाणित गर्न सुझाव समेत दिएका छन् । पत्रकार सम्मेलन मार्फत धेरै कुरा बाहिर ल्याइने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित