कञ्चनपुरमा यस्तो छ, नदी खोलानालाको ताण्डब

कञ्चनपुर । कञ्चनपुरमा अबिरल रुपमा परिरहेको बर्षाका कारण खोला नदी नालाका सतह बढिरहेका छन । बर्षातका कारण नदी,खोलाको सतह बढेपछि नदी गाँउ पसिरहेको छ । दोदा नदी पुनर्वास नगरपालिका ५ सिमरी गाँउमा परेको छ, भने मोहना नदी कृष्णपुर नगरपालिका ७ शान्तिगाँउमा पसेको छ ।

मंगलबार बिहानैदेखि सिमरी र शान्तिपुर गाँउ डुवानमा परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले सिमरी गाँउमा झण्डै ६०धरधुरी र शान्तिपुर टोलमा समेत ६०देखि माथि घरधुरी डुवानमा रहेको बताए । शान्तिपुरमा प्रहरी नायब निरीक्षक गणेश बोहरा नेतृत्वमा उद्दार टोली खटिएको र सिमरीमा प्रहरी नायब निरीक्षक राम प्रशाद अवस्थीको टोली खटिएको छ । डुवान भएपनि मानविय तथा भौतिक क्षति नभएको प्रवक्ता डाँगीले बताए ।

 

अबिरल बर्षातका कारण चुरे भएर बग्ने अन्य खोला नालामा पानीको सतह बृद्धि भएर कटानी तथा डुवान गरिरहेको छ । स्थानीय मुकेश धामी(कविन्द्र)ले चुरे भएर बग्ने धारापानी बछेला खोलाले कृष्णपुर नगरपालिका पुतलीबजार शान्ति टोलमा रहेको तटबन्ध भत्काएपछि दोमिल्लाका सयौँ घर जोखिममा रहेको र पानी परेको बताए । ‘कमसल खालको निर्माण गरिएको तटबन्ध भत्कियो, ‘उनले भने, ‘नदी गाँउ पसिरहेको छ ।’

महाकाली र जगबुढा नदीको मिलन बिन्दु क्षेत्र कुतियाकबरमा नियमित कटानी भईरहेको छ । स्थानीय टेक बहादुर सुनारले दुवै ठुला नदीले दोधाराचाँदनी नपा १० सीमावर्ती गाँउ कुतियाकरको उर्बराभूमि कटानी गरेर बस्ती जोखिममा पारिरहेको बताए । निर्माण भएको अस्थायी तटबन्ध समेत भत्काएर नदी बस्ती नजिकै पुग्ने जोखिम रहेको बताए ।

चुरे भएर बग्ने चौधर नदीले बेदकोट नपा ४पार्की टोलमा रहेको तटबन्ध भत्काएर कटानी गरिरहेको छ । स्थानीय युवा राजुराम सार्कीले चुरेमा बगुन नदीले लिङ्गा सहितका संरचना भत्काईरहेको र दक्षिणमा महाकाली तेस्रो चरणले निर्माण गरिरहेको तटबन्ध भत्काएर गाँउमा कटानी गरिरहेको बताए । नदीले सिङ्गै सार्कीपार्की टोल सहित ज्ञान ज्योती बाल विकास केन्द्र समेत कटानीको जोखिममा पारेको सार्कीले बताए ।

‘बिना गुरु योजना एव कमसल खालका समाग्री प्रयोग गरेर निर्माण गरिएको तटबन्धदेखिका संरचना समान्य नदीमा पानीको सतह बृद्धि हुँदा भत्काईरहेको छ, ‘उनले भने, ‘तटबन्धका नाममा राज्यको लाखौँ खर्च तर जनता सुरक्षित छैनन ।’

शुक्लाफाँटा नगरका युवा नेता तिलक जप्रेलले धारापानी नदीले शुक्लाफाँटा नगरपालिका ८ पिल्लरीफाँटा, बेलडाँडी गाँउमा कटानी गरिरहेको बताए । ‘गाँउबस्ती जोगाउने स्थानीय सरकार न तटबन्ध गरिदियो, न पहल गरिदियो, ‘उनले भने, ‘नदी नियन्त्रणका लागि तटबन्ध नभएपछि नदी गाँउ पसेको छ ।’

उनका अनुसार नदीको सतह बढेर पिल्लरीका कालु चौधरी र भैरब जप्रेलको दुई गोरु बगाएर लगेको बताए । अबिरल बर्षातका कारण बेलडाँडी १ र बेलौरी ९ भएर बग्ने झर्नाखोलाले समेत उर्बराभूमि कटानी गरिरहेको छ । स्थानीय सरकारले अनियन्त्रित नदीखोला दोहन गर्न दिनुदेखि मानविय प्रकृति बिरोधी गतिबिधीले विपद् निम्तिरहेको विपदका ज्ञानकारहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित