नदि मा खसेर बझाङ का एक युवक बेपत्ता

 बझाङ:
सेती नदीमा बगेर एक जना युवक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार डोटीको सायल गाउँपालिका–१ पुजारीगाँउका ३५ वर्षीय कलिभान पुजारा सेतीमा बेपत्ता भएका छन् । केदारस्यू गाउँपालिका–१ डाँसामा पानी पिउने क्रममा उनी चिप्लिएर नदीमा खसेका हुन् । स्थानीय बजारबाट देउरा घर फर्किने क्रममा सेती नदी र कालङ्गा नदीको दोभान नजिकै किनारामा पानी पिउन जाने क्रममा चिप्लिएर सेती नदीमा खसेका पुजारा बेपत्ता भएकाे प्रहरीले जानकारि दिएका छन् । प्रहरी चौकी रायल बझाङबाट खटिएको प्रहरी टोलीले उनको खोजीका साथै थप अनुसन्धान गरिरहेको छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित