प्रदेश सदस्य बिष्टद्धारा बेलडाँडी क्रिकेट मेलाको उदघाटन्

बेलडाँडी, १७ कार्तिक । आज शुक्रवार देखि बेलडाँडीमा ‘लागुऔषध त्यागौँ, स्वस्थ्य जिबनका लागि खेल तर्फ लागौँ’ भन्ने मुल नाराका साथ शुरु भएको क्रिकेट मेलाको उदघाटन् संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले एक कार्यक्रमका वीच उदघाटन गरेका छन् ।

बेलडाँडी युवा समाजको आयोजनामा हुने प्रथम टि २० बेलडाँडी क्रिकेट मेला २०८० को आज उदघाटन गरिएको हो । बेलडाँडी गाउँपालिका– २ रौलेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा क्रिकेट मेला आयोजना गरिएको बेलडाँडी युवा समाजका अध्यक्ष दिनेश राज भट्टले जानकारी गराउनु भयो । क्रिकेट मेलामा कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर १ बाट २८ टिमले सहभागिता जनाएका छन् ।

आजको पहिलो उद्धघाटन खेल प्रगति एकता समाज र न्यु खप्तडका बिच शुरु भएको थियो । क्रिकेट मेला २०८० कार्तिक २५ गते सम्म सम्मपन हुने अध्यक्ष भट्टले जनाउनु भयो । उनले भने ‘पहिलो पटक प्रथम टि२० बेलडाँडी क्रिकेट मेलाको आयोजना गर्न लागेका छौँ , यसरी खेलकुदका गतिविधिले यस क्षेत्रको क्रिकेटको विकासका साथै बढ्दो लागूऔषध दुव्र्यवसनीलाई न्यूनिकरण गर्न प्रथम टि२० बेलडाँडी क्रिकेट मेलाको आयोजना गरिएको जनाए ।’

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि प्रदेश सदस्य दिवान सिह बिष्टले ‘लागुऔषध त्यागौँ, स्वस्थ्य जिबनका लागि खेल तर्फ लागौँ’ भन्ने नाराले नै सम्पूर्ण खेलप्रेमीलाई आक्रसित पारेको बताए । लागु औषध न्यनिकरणका लागि खेलकुदका विकास हुनुपर्नेमा वहाँले जोड दिनु भयो । यस क्षेत्रको खेलकुदका लागि प्रदेश बाट हुने सहयोग गर्न अफु तयार रहेको बाताए ।

‘लागुऔषध त्यागौँ, स्वस्थ्य जिबनका लागि खेल तर्फ लागौँ’ भन्ने मूल नाराका साथ पहिलो पटक आयोजना हुन लागेको क्रिकेट मेलाको बेलडाँडी गाउँपालिका संरक्षण, बेलडाँडी गाउँपालिका नं.२ को वडा कार्यालय सह आयोजक र बेलडाँडी युवा समाज क्रिकेट मेलाको आयोजक रहेको छ ।

प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ नगद, ट्रफी र प्रमाण प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार ५ सय २५ नगद सहित ट्रफी र प्रमाण पत्र मेडल हात पार्ने छ । प्रत्येक खेलमा मेन अफ द म्याच, मेन अफ द सिरिज, बेस्ट व्याट्सम्यान, बेस्ट बलर पुरस्कारको समेत व्यवस्था रहेको छ । जसमा कञ्चनपुर क्षेत्र नम्बर १ भित्रको टिम हुनु पर्नेछ । उक्त बाहेक बाहिरको २ जना खेलाडी टिममा राख्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित