धनगढी । बेलडाँडीको विशाल सुनार सहित धनगढीमा अनलाइनबाट ठगी गर्ने ९ जनाको गिरोह पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालीका – ५ तारानगरमा बेलडाँडी गाउँपालिका–२ बस्ने ३० वर्षीय विशाल सुनार समेतले अवैध रुपमा सञ्चालन गरेको आई.टी सेन्टरबाट ८ जनालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) कुलदिप चन्दले जानकारी गराउनु भयो ।
उनकाअनुसार पक्राउ पर्नेमा डोटीको सिखर नगरपालिका–१० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार , भारतको उत्तमनगर दिल्ली बस्ने २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने बर२४ को निखिल कुमार रहेका छन् ।
यस्तै भारतको दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु, कञ्चनपुरको पुर्नवास नगरपालिका–६ बस्ने २९ वर्षीय मिन बहादुर सुनार, बेलडाँडी गाउँपालिका–२ बस्ने ३० को विशाल सुनार, २८ को कमल सुनार र २२ वर्षीय जयराम सुनाररहेको डीएसपी चन्दले बताए ।
उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घट्ना लगायत बिषयमा प्रलोभनमा पारी पोल्याण्ड लगायतका नागरीकलाई अनलाईनमार्त ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post