कञ्चनपुर । केही समय यता देखि कञ्चनपुरलाई कञ्चनपुर जस्तो बनाउने अभियानमा सकृय देखिएकि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक बिनु शाहीलाई विभिन्न आरोप लागेको छ ।
शाहीलाई लागेको आरोपको कञ्चनपुरका एक युवा बिपि साउदले यसरी आफ्नो फेसबुक मार्फत चिरफार गरेका छन् । जस्ताको त्यस्तै :-
एउटा महिला प्रहरी निरीक्षक जो जिल्लामा अबैध कारोबारी बिरुद्द महिला भएर पनि अटेरी गरेर कसैको दवाबमा नपरी, बडो हिम्मत देखाएर कञ्चनपुरमा अवैध रुपमा चलाईएका मसाजको नाममा अवैध धन्दा,ठूला जुवातास,कर छलीको सामानहरु लगायत ठुल्लठुला अपराधिक घटनालाई चिरफार गर्दै मिसन सफतापूर्वक चलाउँछिन् र त्यसमा दोषी कसैलाई पनि छोडिदैन, सबैलाई कानुन बमोजिम मुद्दा चल्छ र कञ्चनपुरमा त्यस्ता धन्दा बन्द नै हुनपुग्छ ।
त्यस्ता घाटमा संलग्न व्यक्तिहरूलाई छुटाउन विभिन्न दवावका बाबुजुत पनि निडर भएर मुद्दा चलाउने ती सफल प्रहरी निरीक्षक हुन Lady सिंघम बिनु साही जो अहिले केही पत्रिकाहरूले उनलाई आफैले सिंघम को उपनाम दिएर पनि उनलाई सामाजिक सञ्जालमा विभिन्न आरोप प्रत्यारोप लगाएर फसाउन सकिन्छ की भनेर विभिन्न खाले भ्रमहरु फैलाइरहेका छन् ।
केही भ्रमको चिरफार गरौं है त ।
मुद्दा शाखामा कार्यरत प्रहरी बिनु साही माथि भ्रम सिर्जना गर्ने कार्य सुरु हुन्छ, एउटा राजीनामा दिएको प्रहरी जवान नवीन नाथ जसको दरबन्दी बाजुरामा रही काजमा कञ्चनपुरमा हुन्छन् ।
घटना नं १.एकदिन महेन्द्रनगर भी.न.पा स्थिति वडा नं २ उल्टाखमको गोलमोल चोकमा स्थानीय बीच झैझगडा हुन्छ,त्यहा कसैको सुनको सिक्री हराउँछ र एउटाले पाएर बागफाटा स्थित प्रहरी चौकीमा कार्यरत त्यही जवान नरेन्द्र नाथको हातमा दिन्छन् तर सिक्री धनीको हातमा पुग्दा त्यो सिक्री आधा मात्रै पुग्छ,त्यसपछि सिक्री धनीले उनको विरुद्ध जिल्लामा खबर गर्छन् र सामानको तथा जनताको सुरक्षा गर्ने व्याक्तिले यस्तो गरेपछि सुरक्षा निकायमाथि प्रश्नः उठेपछि ती नाथलाई कारवाही गरी उनको दरबन्दी भएको जिल्ला फिर्ता पठाएको थियो ! तर सबै पत्रकारले २०८०/०६/०६ गते घटेको यो घटना देखेनन् उल्टै बरु दोषीलाई निर्दोष देखाएर गरिबीको भएको सेन्टिमेन्ट बटुलेर सबै आक्षेप एउटा प्रहरी निरिक्षको टाउकोमा थुपारिन्छ। के त्यसो भए जवानले सिक्री लुकाउँदा पनि कारवाही नहुनु पर्ने हो र ?
अहिले सम्म एउटा प्रहरी निरीक्षकलाई यति बदनाम गर्दा समेत नरेन्द्र नाथले गरेका गल्तीहरू लाई किन देखाएनन् पत्रकारहरुले ?
घटना नं २
त्यही प्रहरी जवान जो बाजुरामा आफ्नो दरबन्दी जान्छन् र बिदा मागी घर आएको मौकामा उनी २०८०/०९/२२ गते उनी आफूखुसी जिल्ला प्रहरी कार्यालयको कैदिखानामा जान्छन् र धेरै मात्रामा सुर्ती,गुट्खा जन्य पदार्थहरू बोकी कैदीलाई दिन पुग्दा उनलाई प्रहरीले रंगेहात समात्छन् र केही सायद आफै कर्मचारीले यस्तो गरेको देख्दा सम्झाउन बुझाउन खोज्दा आफै अधिकृत हरुलाई जथाभावी थर्काउन पुग्छन् र यस्तो कार्य गरेपछि निजलाई कारवाहीको लागि दरबन्दी भएको जिल्लामा लेखापढी गरिन्छ ।
अब पत्रकारहरु लाई प्रश्न गरौं
के नवीन नाथ गरिब प्रहरी जवान भएकाले गुट्खा,सुर्तीजन्य लगुऔषध जस्ता सामानहरु कैदीलाई दिन छुट दिने हो र?
आज किन छाप्दैनन् आफूलाई महान पत्रकार ठान्नेहरूले यस्तो गलत प्रवृत्तिको बारेमा की सत्य लेख्ने हिम्मत नभएर हो ?
घटना नं.३ अब सुरु हुन्छ प्रहरी निरीक्षक विनु साही माथि पत्रकार लगायत नरेन्द्रको प्रपञ्च बिस्तृतमा
जब गुट्खा,सुर्ती जन्य पदार्थहरु कैदीलाई दिइरहेको अवस्थामा त्यही जवान नरेन्द्र लाई २०८०/०९/२२ गते समातिन्छन् ,तत्काल बजुरा प्रहरीलाई बुझ्दा उनी मिति २०८०/०९/०८ गते जागिर राजीनामा दिएर हिँडेका हुन्छन्। जब गलत गर्दा समातिन्छन तब कुनै १,२ पत्रकारको नजरमा आएर उनी भन्छन प्रहरी निरीक्षक विनु साहीको कारणले राजीनामा दिएको भनेर मिडियामा आउँछन् अनि एकाएक भाईरल हुन्छन् ।
यदि उनि साँच्चै प्रहरी निरीक्षक बाट पीडित थिए भने उनले आफ्नो राजीनामा पत्रमा किन पोल्याण्ड जाने भीसा लाग्यो भनेर भनेका ?
यदि साँच्चीकै उनी पीडित हुन भने राजीनामा दिनुभन्दा पहिले अहिलेका यी नालायक पत्रकारहरु जो अहिले गलत कार्यलाई सही हो भनेर एउटा जवान जसले दुईपल्ट राजीनामा दिदा एकपटक तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक भरत बोहराले सम्झाई बुझाई गर्दा फिर्ता लिएका थिए भने दोश्रो पटक आफैले कसैको नसुनेर राजीनामा दिएर पोल्याण्ड जाने भनेर आए अनि गलत कार्यमा संलग्न भेटेपछि आज केही व्याक्तिको पछि लागेर प्रहरी निरीक्षक विनु साहीलाई कारण देखाउँदै विभिन्न भए नभएका आरोप लगाएर एउटा स्वच्छ छवि भएको निरीक्षकको पछि हात धोएर लागेका छन् ।
के तिनले आफ्नो राजीनामा पत्रमा निरीक्षक कै नाम लेखेका छन् त ?
केही पहिले को घटनाको कुरो हो एउटा प्रहरी बरिष्ट उपरीक्षकले आफ्नी सिपाहीलाई Good Friday मनाउन भनेकै कारण ती सिपाहीको उजुरीका कारण ती उपरीक्षकले आफूले राजीनामा दिएका थिए के नबिनले आफूले अत्याचार सहन नस्कदा आफ्ना हाकिमलाई भन्न नसकेका हुन या ती पत्रकार हरु जो अहिले उसका भगवान बनेका छन् तिनलाई समेत भन्न नसकेका हुन ।
अब बाँकी कुरो अनुसन्धान अवश्य नै बाहिर ल्याउला तर आज समाजमा एउटा हिम्मत गरेर कन्चनपुर जस्तो जिल्ला जहां निर्मला पन्त जस्ता काण्डले चर्चित छ,आज त्यस ठाउँमा एउटा महिला प्रहरी निरीक्षक भएर पनि पुरूषको भन्दा अब्बल काम गरेर देखाउँदै गर्दा उनीमाथि नाना थरी आरोप लगाउँदा अलिकति पनि दयामाया जागेन कन्चनपुर बासीलाई ?
आज हामी नेपालका महिलाहरु कोही राष्ट्रपति बने ,कोही सभामुख बने त कोही प्रधान न्यायाधीश बने भनेर गर्भ गर्छौं ,आज त्यही महिलाले जिल्लामा सुसासन कायम गर्न खोज्दा यतिको अपमानित गर्नुपर्ने के अवस्था आईलग्यो !
हो उनी महिला हुन उनको तल हजारौं सैनिकहरू कार्यरत छन् होला अनि माथि उनले पनि कयौ हाकिमको आदेश पालना गरेर काम गर्नुपर्छ, जहां हजारौं पुरुष हुन्छ त्यही पनि निडर का साथ हजारौं पुरुष सिपाहीहरू को बीचमा उभिएर तपाईँ हाम्रै सुरक्षाका निम्ति रणनीति बनाउनु पर्छ होला तर पनि एउटा महिला भएकै कारणले उनीमाथि विभिन्न लाल्छिना थुपर्नुपर्ने के ?
के कञ्चनपुरमा रहेका मान्छेका छोराछोरीले प्रहरीको जागिर गर्दैनन् होला त? की ती सबैको छोरी चेलीमाथि यसरी नै आरोप लगाउँदा कस्तो हुन्थ्यो होला एकछिन मनन् गरौं न ।
के प्रहरी निरीक्षक विनु साहीले जिल्लामा जनतालाई सुरक्षाका अनुभूति दिलाउन सक्ने सुसासन कायम गर्नै नहुने हो ?
तपाईँ हामी सबैका छोराछोरी होलान् ,भोलि प्रहरीमा भर्ना हुँदै गर्दा यस्तै आरोप लाग्दा तपाईँको परिवारको अवस्था के होला, परिवारले तपाईंलाई हेर्ने नजर कस्तो होला ?
त्यसैले महिला हुन या पुरुष सकिन्छ भने तिनले गरेका कार्यको सम्मान गरौ सकिँदैन भने सत्यतथ्य समाचार सम्प्रेषण गरेर एउटा नैतिकताको पत्रकारीता गरौं ।
कञ्चनपुरको भूमि भनेर कसरी भन्नु हुन्छ यही भूमिले तपाईँ हरुलाई सत् बुद्धि दिउन्।
Discussion about this post