सुदुरपश्चिम विश्वविद्यालयको निमित्त उपकुलपतिमा कानून संकायका डिन कर्ण थापा नियुक्त

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय कानून संकायका डिन कर्ण बहादुर थापा निमित्त उपकुलपतिमा नियुक्त भएका छन् ।

 

उनलाई कुलपति तथा प्रधानमन्त्री प्रचण्डले २०८० फागुन २१ गते गरेको निर्णय अनुसार सुदुरपश्चिम विश्वविद्यालयको निमित्त उपकुलपतिमा नियुक्त गरेको हो ।

विश्वविद्यालयको उपकुलपतिको पद रिक्त रहेकाले उनलाई दैनिक कार्यसञ्चालनको लागि बढीमा ३ महिनाको विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्त गरेका हुन् ।

सुदुरपश्चिम विश्वविद्यालय ऐन २०६७ को दफा २४ को उपदफा ९ बमोजिम उपकुलपति नियुक्त नहुँदा सम्मका जिम्मेवारी दिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित