काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दिपक बोहरा लाई नियुक्त गर्ने निर्णय गरेको छ।
आइतबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि प्रवास विभाग प्रमुखको जिम्मेवारी डिपी अर्याल सँग रहेको थियो। तर, अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएपछि पार्टीको जिम्मेवारीबाट अलग भएका कारण उक्त पद रिक्त रहँदै आएको थियो।
अब बोहराको नेतृत्वमा प्रवास विभागलाई थप सक्रिय र सुदृढ बनाउने अपेक्षा गरिएको पार्टीले जनाएको छ।





















Discussion about this post