रतनपुरमा जारी भेट्रान भलिबल प्रतियोगिता दोस्रो दिनको खेलमा बेलडाँडी,धनगढी बिजयी, बेलौरी र आयोजकलाई १,१ अंक

बेलौरी, भाद्र १९ । बेलौरी नगरपालिका ९ रतनपुरमा सुदूरपश्चिमेलीहरुको महान पर्व गौंरा पर्वको अवसरमा भेट्रान भलिबल प्रतियोगिता हिजो देखि शुरु भएको थियो ।

 

सिद्धनाथ मन्दिर समितिको आयोजनामा भेट्रान भलिबल प्रतियोगिताको दोस्रो दिनको खेलमा बेलडाँडी,धनगढी बिजयी, बेलौरी र आयोजकलाई बिच बराबरी हुदा दुबै टिमलाई १,१ अंक दिइएको समितिका सचिव बलदेब भट्टले जानकरी गराउनु भयो ।

 

उहाँका अनुसार आज भएको पहिलो खेल बेलडाँडी गाउँपालिका १ र त्रिभुवन मावि बिच भएको खेलमा पहिलो सेट त्रिभुवनले हात पारेको थियो भने लगातार २ सेट बेलडाँडीले हात पार्दा बेलडाँडी बिजयी भयो ।

दोस्रो खेल धनगढी ११ र बेलौरी नगरपालिका खेलकुद विकास समिति बि विच भएको खेलमा धनगढी ११ बिजयी भएको थियो ।

यस्तै आजको अन्तिम खेल आयोजक र बेलौरी नगर खेलकुद विकास समिति विच भएको खेल बराबरी हुदा दुबै टिमले १,१ अंक प्राप्त गरेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित