राष्ट्रिय आधारभुत बिद्यालय मा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण

48
VIEWS

धनबहादुर बिक/पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका ७ पराशन मा रहेको स्थानीय राष्ट्रिय आधारभुत बिद्यालय मा १ सय पाँच विपन्न बालबालिकालाई झोला तथा स्टेसनरी वितरण गरिएको छ ।

नेपाल ख्रिष्टियन रिलिफ सर्भिसेस कुममरीपाटी ललितपुर को सहयोगमा बिद्यालय का १०५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

विपन्न बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराएको मा सहयोगी संस्था लाई नगर प्रमुख शर्माले धन्यवाद दिएका थिए । नगर प्रमुख शर्माले आर्थिक रूपमा विपन्न बालबालिकालाई सहयोग गर्ने नेपाल ख्रिष्टियन रिलिफ सर्भिसेस लाई बिशेश धन्यवाद दिएका हुन ।

बिद्यालय को भौतिक पुर्वाधार विकास र शैक्षिक सुधारका लागि स्थानीय तहबाट समेत पहल गर्ने उनलेे प्रतिबद्धता व्यक्त गरे ।

तुलनात्मक रूपमा अरू बिद्यालय भन्दा यो बिद्यालय को आर्थिक अवस्था कमजोर छ तसर्थ बिद्यालय मा देखिएका बिबिध समस्या के के हुन लिखितरूपमा जानकारी दिएका बिद्यालय को आवस्यकता पूरा गर्न आफुले पहल गर्ने नगर प्रमुख शर्माले बताए ।

बिद्यालय का व्यवस्थापन समिति अध्यक्ष रामदुलारे रानाको सभापतित्वमा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्मा रहेका थिए । भने बिशिस्ट अतिथि मा वडा अध्यक्ष मुलचन्द राना रहेका थिए संस्था को उदेश्य तथा कार्यक्रम बारे जानकारी गराउदै कार्यक्रम का बिशिस्ट अतिथि समेत रहेका रिलिफ कार्यक्रम संयोजक शिवराज ग्वाछाले भने संस्थाले स्थापनाकालमा विभिन्न दैबिक प्रकोप मा राहत संकलन गरि सहयोग गर्दै आईरहेका थियौ ।

पछिल्लो समय विपद मा परेका समुदाय बाढी पहिरो बाट प्रभावित , भुकम्प प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्यमा हाम्रो संस्था ले भुमिका निर्वाह गर्दै आईरहेका छौ ।

यसैबिच राष्ट्रिय आधारभुत बिद्यालय मा पनि पिछडिएको क्षेत्र र आदिवासी जनजाति बसोबास गर्ने समुदायका बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी लागेको छ । संयोजक ग्वाछाले आगामी दिनमा पनि सहयोग उपलब्ध गराईने बताए ।

बिद्यालय का शिक्षक कर्मराज राना द्वारा स्वागतबाट सुरु गरिएको कार्यक्रम को सञ्चालन प्र अ चन्द्रबहादुर थापाले गरेका थिए ।

सो अवसरमा प्र अ थापाले बिद्यालय को बिबिध समस्या का बारेमा नगर प्रमुख तथा वडा अध्यक्ष लाई ध्यानाकर्षण गराएका थिए बिद्यालय मा दरबन्दी अभाव बिद्यालय को न्यून आयश्रोत का कारण कक्षा घटाउनुपरेको बताए ।

एउटामात्र दरबन्दी र ३ जना राहत १ जना बालविकास शिक्षक १ जना परिचर र १ जना निजि बाट शिक्षक राखिएको मा बिद्यालय को आर्थिक अभावका कारण कक्षा ७ बाट घटायर कक्षा ५ सम्म चलाउनुपरेको प्र अ थापाले बताए ।

गतबर्षसम्म कक्षा ६ र ७ सञ्चालन गर्दैगर्दा दुई जना शिक्षक हरूलाई एक बर्षदेखि पारिश्रमिक दिन पाईएको छैन थापाले भने ।

समस्यै समस्या रहेपनि बिद्यालय को भौतिक तथा शैक्षिक सुधारतर्फ स्थानीय सरकारले सहयोग गर्ने बिषयमा बेवास्ता गरेको गुनासो गरे

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार