बेलडाँडीका चन्द बने उदयमान खेलाडी

बेलडाँडी । कञ्चनपुरमा गत २७ गते देखि शुरु भएको तेस्रो पालिका स्तरीय शुक्लाफाँटा टी २० क्रिकेट प्रतियोगिता बेलडाँडीका पुकार चन्द उदयमान खेलाडीको रुपमा पुरस्कृत भएका छन् । कञ्चनपुर क्रीकेट संघको आयोजनामा महेन्द्रनगर भएको पालिका स्तरीय टि२० क्रीकेट प्रतियोगितामा बेलडाँडी गाउँपालिकाको टिमले समेत सहभागिता जनाएको थियो ।

 

आज सनिवार सम्पन्न भएको समापन कार्यक्रममा विभिन्न विद्यामा खेलाडीहरुलाई पुरस्कृत गरेको थियो । जसमा बेलडाँडी गाउँपालिकाका विर बहादुर चन्दका छोरा क्रिकेट खेलाडी पुकार चन्द पनि उदयमान खेलाडीको रूपमा पुरस्कृत भएका थिए ।

 

उदयमान खेलाडीको रुपमा १ जनालाई मात्र सम्मान तथा प्रमाण पत्र दिए पनि बेलडाँडीका ३,४ जना खेलडाँडी उदमान खेलाडीको रुपमा रहेको जिल्ला क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले जानकारी गराउनु भयो । उहाँका अनुसार बेलडाँडीका खेलाडीले टेनिस बल खेल्ने भएकाले प्रर्दशन राम्रो गर्न नसकोको बताउदै आगामी दिनमा डिउज बल खेलाए बेलडाँडीले राम्रो प्रर्दशन गर्न सक्ने बताएका छन् । प्रत्येक पालिकामा एक जना क्रिकेट प्रशिक्षक राख्नका लागि सबै पालिका संग समन्वय गर्ने वहाँले बताउनु भयो ।

यस्तै बेलडाँडी क्रिकेट टिमका कोच दिनेश राज भट्टका अनुसार पालिकाले क्रिकेटमा लगानी गर्यो र टेनिस बल हटाएर डिउज बल वडा स्तरीय खेल खेलाउने अभ्यास गर्यो भने बेलडाँडीका खेलाडी भाईहरुको राम्रो बिकास हुने बताए । हाम्रा खेलाडी भाइहरुलाई उक्त प्रतियोगितामा खेल्ने अवसर जुराइदिएकोमा पालिका प्रमुख हरिशचन्द्र राना सहित बेलडाँडी गाउँपालिकालाई धन्यवाद दिदै भट्टले आगामी दिनमा समेत पालिकाबाट खेलकुदमा लगानी गर्नुपर्नेमा जोड दिनु भयो ।

उनले भने आज बेलडाँडीबाट एउटा खेलाडी पुरस्कृत भए पनि आगामी दिनमा पालिकाको साथ समर्थन रह्यो भने धेरै खेलाडीहरु जिल्ला हुँदै राष्ट्रिय टीममा सहभागी हुने कुरामा पूर्ण विश्वास रहेको जनाए । अन्य पालिकाले खेलाडीको राम्रो व्यवस्थापन गर्दा उनीहरुले राम्रो प्रर्दशन गर्न सकेको जनाउदै हाम्रो पालिकाले जर्सी र इन्ट्री बाहेक बस्न खान समेत व्यवस्थापन गर्न नसक्दा खेलाडीहरुमा निराशा छाएको जनाए ।

 

बेलडाँडी गाउँपालिकाले अहिले सम्म खेलकुद मैदानको व्यवस्थापन गर्न नसक्दा खेलाडी उत्पादमा समस्या देखिएको बताए । बेलडाँडीमा विना श्रोत साधन समेत बेलडाँडीका खेलडाँडीले बेलडाँडीलाई जिल्ला हुदै विभागीय टिम, राष्ट्रिय टिममा समेत दवदवाव राखेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित