कञ्चनपुरमा खैरो हिरोइनसहित ६ जना पक्राउ

कञ्चनपुर । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको संयुक्त प्रहरी टोलीले कृष्णपुर नगरपालिका–५ गुलरीयामा खैरो हिरोइन (ब्राउन सुगर) सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सोमवार गोप्य सूचनाको आधारमा नर्पता बोहराको घरमा छापा मारिएको थियो । घरमा लागुऔषध कारोवार भइरहेको जानकारी पाएपछि टोलीले रितपूर्वक खानतलासी गर्दा नर्पता बोहराका छोरा गणेशबहादुर बोहरा, सोही ठाउँका मिलन भट्ट, रिदम भट्ट, हर्क देउवा, पारस जोशी र गणेशबहादुर बिष्टलाई पक्राउ गरेको हो ।

छानबिनका क्रममा उनीहरूबाट ७.३४ ग्राम (सात ग्राम चौतिस मिलीग्राम) तौलको खैरो पदार्थ (खैरो हिरोइन) फेला परेकाले कानुन बमोजिम बरामद गरी सबै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

हाल पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित