भोलीदेखि सुपवि केन्द्रीय क्याम्पसको प्राङगणमा फुटबल प्रतियोगिता

धन सिह धामी/कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर सुप विश्वविद्यालयको प्राङगणमा विद्यार्थी संगठनले अधिवेशनको पूर्व सनध्यामा फुटबल खेल आयोजना गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्व विद्यालयको प्राङ्गणमा बुधबारदेखि फुटबल अयोजना गर्ने भएको छ ।
विद्यार्थी संगठनले यहि १९ गते कञ्चनपुर जिल्ला अधिवेशन गर्न लागेको छ भने उक्त आयोजित खेलको लागि १४ वटा फुटबल टिम दर्ता भईसकेको सुदूरपश्चिम विश्व विद्यालय राप्रवि संगठनका खेल संयोजक तथा का.वा अध्यक्ष शुभम् चन्दले बताए ।

भोलि देखि खेल शुरु हुने छ भने ६ दिन सम्म चल्ने चन्दले बताए । यसै गरी पहिलो हुने टिमलाई ५० हजार, दोस्रोलाई २० हजार नदग पुरस्कासंगै ट्रफि र मेडल प्रदान गरिनेछ । अन्य खेलाडीहरुलाई सान्त्वना पुरस्कार रहेको चन्दले बताए ।

विग एजुकेसन कन्सल्टेन्सीका सञ्चालक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका कञ्चनपुर खेल संयोजक सुमन भट्टले खेलको लागि आफ्नो तर्फबाट ट्रफि र मेडल सहयोग गरेका छन । प्रतियोगिताको उद्घाटन राप्रपा सुप प्रदेशका अध्यक्ष धर्मराज जोशीले गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित