साउदी अरब: एकैदिन ८१ जनालाई मृत्युदण्ड

0
VIEWS

साउदी अरबले शनिवार एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको बताएको छ। उक्त सङ्ख्या त्यहाँ गत वर्ष मृत्युदण्ड दिइएका मानिसको कुल सङ्ख्याभन्दा बढी हो।

मृत्युदण्ड पाउनेमा ३७ साउदी, सात यमनी र एक सिरियाली नागरिक पनि छन्।

उनीहरूलाई आतङ्कवादसहित विभिन्न जघन्य अपराधमा दोषी ठहर गरिएको सरकारी समाचारसंस्था एसपीएले जनाएको छ।

उनीहरूमध्ये केहीलाई इस्लामिक स्टेट समूह (आईएस), अल कायदा वा यमनका हूथी विद्रोही समूहमा संलग्न रहेको आरोप लगाइएको थियो।

मानव अधिकारवादी सङ्गठनहरूले साउदी अरबमा निष्पक्ष सुनुवाइ नहुने गरेको दाबी गर्ने गरेका छन्। यद्यपि साउदी सरकारले त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ।

एसपीएका अनुसार अहिले मृत्युदण्ड दिइएका प्रतिवादीहरूको मुद्दा १३ जना न्यायाधीशले हेरेका थिए। मुद्दा तीन चरणको न्यायिक प्रक्रियाबाट अघि बढेको थियो।

उनीहरूलाई अर्थतन्त्रसम्बन्धी महत्त्वपूर्ण संयन्त्रमा आक्रमण गर्न निसाना बनाएको, सुरक्षा निकायका सदस्यहरूलाई मारेको वा तारो बनाएको, अपहरण गरेको, यातना दिएको, बलात्कार गरेको र तस्करी गरेर देशभित्र अस्त्र ल्याएको जस्ता अभियोग लगाइएको थियो।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार