कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरीया बजार नजिकै ट्रक, टिप्पर र कार एक आपसमा ठोक्दिा दुर्घटना निम्तिएको छ । गुलरीया बजार देखि ५ सय मिटर पश्चिममा ट्रक र टिप्पर एक आपसमा ठोक्किदा संगसंगै गुडिरहेको कार पनि अनियन्त्रीत भएर दुर्घटना भएको हो ।
दुर्घटनामा कार सडकदेखि १० मिटर तल खसेको छ । दुर्घटनामा केहि व्यक्ति घाइते भएपनि विस्तृत विवरण आइनसकेको इलाका प्रहरी कार्यालय गुलरीयाका प्रमुख कर्ण बहादुर बोगटीले बताएका छन ।
Discussion about this post